Indrenionline.com

नदीमा फेला परेकी महिलाको शब गाडियो

इन्द्रेणी संवादादता
लालमटिया, २६ असार
दाङको देउखुरीमा बुधबार साँझ राप्ती नदीको ईन्टेकमा फेला परेकी एक महिलाको शब ४८ घण्टा सम्म पनि पहिचान हुन नसके पछि लालमटिया गाविसको रोहबरमा अन्टेष्टी गरिएको छ ।13612288_1821822181371105_6391910651252801979_n (1)

शबलाई घोराहीमा पोष्टमार्टम गरी २४ घण्टा सम्म राखिएको भए पनि शबको पहिचान हुन नसके पछि ईलाका प्रहरी कार्यालय भालुवाङ्गले उक्त शब गाविसलाई जिम्मा लगाएको थियो ।

शबलाई लालमटिया गाविसका प्राविधिक ऋषिकेस क्षेत्रीको रोहबरमा घोराहीबाट शब ल्याई चौपट्टाको जंगलमा गाडिएको लालमटिया गाविस सचिव दामोदर पोख्रेलले जानकारी दिनु भयो ।

लालमटिया—३ पाखापानीको राप्ती नदीमा प्रगन्ना कुलो सिचाई आयोजनाका लागि वनाइएको नहरको पहिलो ईन्टेकमा अड्किएको अवस्थामा ती महिलाको शव फेला परेको थियो ।।