Indrenionline.com

कोरोना संक्रमणको आशंकामा एक परिवारका ३ जना अस्पतालमा

काठमाडौं, १ वैशाख । काठमाडौंको पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणको आशंकामा हस्पिटल लगिएको छ । उनीहरुलाई उपचारका लागि प्रहरीले पाटन अस्पताल पठाएको हो ।

प्रहरीले अहिले सो अपार्टमेन्टमा सुरक्षा दिइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होमिन्द्र बोगटीले बताए । उक्त परिवारका सदस्यको कोरोना संक्रमण भएको विषयमा आधिकारिक रुपमा पुष्टि भने भएको छैन ।