काठमाडौं, १ बैशाख । नेपालमा थप दुई जनामा कोराना संक्रमण देखिएको छ । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १ घर भएकी ६५ वर्षिय एक महिला र रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेको एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
ती महिला सहित १७ जना पहिलोपटक परीक्षण गर्दा र्यापीड टेष्टमा नेगेटीभ आएपछि लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट घर फर्किका थिए ।