Indrenionline.com

नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं, ३० चैत । नेपालमा कोरोना भाइरस(कोभिड १९) को संक्रमितको संख्या १२ पुगेको छ । वीरगञ्जको छपकैयास्थित एक मस्जिदमा बसेका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूष्टि गरेको छ ।

हेटौंडामा गरिएको टेस्टमा पनि उनीहरुमा भाइरस संक्रमण पोजेटिभ देखिएपछि हेटौंडास्थित ल्याबले उनीहरूको स्वाब थप परीक्षणका लागि शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ल्याइएको थियो । यहाँ गरिएको परीक्षाणमा पनि पोजेटिभ देखिएको हो ।

नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिरहेका तीन जना भारतीयको ‘ट्राभल हिस्ट्री’ पत्ता लगाउन कठिन भएको छ । यसअघि कोरोना संक्रमितहरुको संख्या ९ थियो ।