Indrenionline.com

नेपालमा कोरोना संक्रमितको संख्या स्थित

काठमाडौ, २८ चैत । नेपालमा गएको एक सातादेखि कोरोना संक्रमितको संख्या स्थिर रहेको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गत शनिबारपछि नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित फेला नपरेको बताएको छ ।

मन्त्रलायले नियमित पत्रकार सम्मेलनमा शुक्रवारसम्म देशभर ३ हजार ५२४ वटा परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ६ दिनयता कोरोनाका नयाँ संक्रमित नभेटिएको बताए ।

हालसम्म देशभर ३ हजार ५२४ वटा परीक्षण गरिएको र पछिल्लो २४ घण्टामा मात्रै ६३० जनाको परीक्षण भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ४०१ र उपत्यका बाहिर २२९ वटा भएको देवकोटाले जनाए ।

उनका अनुसार प्रयोगशालामा नमुना परीक्षणको संख्या ८ सयभन्दा बढी रहेको छ । अहिले देशभर क्वारेन्टाइनमा आठ हजार ६ सय ६० जना छन् भने आइसोलेसनमा एक सय २५ जनाको उपचार भइराखेको छ। उपत्यका भित्र आइसोलेसनमा १५ र बाहिर एक सय १० जना रहेका छन् ।