उपप्रधानमन्त्री पोख्रेलसहित सबैलाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दै अख्तियारमा अर्को उजुरी
इन्द्रेणी समाचारदाता
काठमाडौ, २० चैत । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि केही दिन अघि चीनबाट स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितिका संयोजक इश्वर पोखरेललाई कारवाहीको माग गर्दै अख्तियारमा उजुरी दर्ता भएको छ ।
बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले आज पोखरेललाई कारवाही गर्न माग गर्दै उजुरी दर्ता गरेका हुन् । उजुरीमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र स्वास्थ्य सेवा बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी बिजनेस समूहका सञ्चालकलाई समेत कारवाहीको माग गरिएको छ । प्रमाण नष्ट हुने भएकाले तत्कालै हिरासतमा लिएर अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ ।