काठमाडौ, २० चैत। नेपालमा छैठौं व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कतार एअरवेजको उडान ६५२ बाट चैत ४ गते नेपाल आएकी बाग्लुङकी एक ६५ बर्षिया महिलामा संक्रमण पुष्टि भएको हो ।
सोही उडानमा आउने अन्य दुई जनामा यसअघि संक्रमण पुष्टि भइसकेको थियो । अहिलेसम्म संक्रमण भेटिएका सबै ब्यक्ति विदेशवाट नेपाल भित्रनेहरु रहेका छन् ।
यसअघि सोही विमानमा आएका दुई जना युवतीको रिपोर्ट पोजेटिभ पाइएको थियो । तीमध्ये एक जना टेकु अस्पताल र अर्की बागलुङस्थित धौलागिरी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
अहिलेसम्म ११ सय ८४ वटा परीक्षण भइसकेको छ । ४३ जनाको परीक्षणको क्रममा रहेको मन्त्रालयले जनाएको छ । देशभरिमा १ सय ५ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् ।