कोइलाबाट तेल निकाल्ने अध्ययनका लागि नेपाली टोली आज चीन जाने भएको छ । आपूर्ति सचिव श्रीधर सापकोटाको नेतृत्वमा आज बिहान ११ बजे नेपाली टोली चीन प्रस्थान गर्नेछ ।
भ्रमण टोलीमा उद्योग मन्त्रालयका प्रतिनिधि पनि सहभागि छन् । नेपालले कोइलाबाट तेल निकाल्ने इच्छा देखाए चीनले सहुलियतपूर्ण ऋण लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । प्रधानमन्त्री केपी ओलीलाई चैत पहिलो साता चीन भ्रमण गरेकै समयमा कोइलाबाट तेल निकाल्न सकिने विषयमा चीनले जानकारी गराएको थियो ।