काठमाडौं, १४ चैत । स्वास्थ्यमा समस्या देखिएपछि गएराति अस्पताल र्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् ।
ओली मनमोहन सेन्टर महाराजगंजमा उपचार गराई आज साँझ डिस्चार्ज भएका हुन् । ओली बिहीबार राती ११ः३० पछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना भएका थिए ।