सुर्खेत,१३ चैत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिइने भएको छ ।
वैठकमा मुख्यमन्त्री शाहीले विश्वव्यापी रुपमा देखिएको कोरोना संकटको सामाधान सरकारको तात्कालिन प्राथमिकतामा रहेको वताउदै रोकथाम तथा प्रतिकार्यको कामलाई उच्च प्राथमिकताका साथ अगाडि वढाउन निर्देशन दिए ।
विपद व्यवस्थापन कार्यकारी समिति, अनुगमण समिति, आपुर्ति समिति तथा जिल्ला र स्थानीय तहका समितिहरुलाई थप सक्रिय वनाउन र कोरोना रोकथाम तथा प्रतिकार्यलाई थप प्रभावकारी वनाउन पनि निर्देशन दिए ।