काठमाडौं, १३ चैत । चीनमा कोरोना संक्रमण देखिएपछि बन्द भएका चीनतर्फका नाकाहरु सरकारले खुल्ला गर्ने निर्णय गरेको छ । चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरेको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको कोरोना (कोभिड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले प्रदेश र स्थानीय तहहरूले क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।