इन्द्रेणी संवाददाता
दाङ २५ चैत्र
ईलाका प्रशासन कार्यालय लमही कार्यालय प्रमख विहिन भएपछि सेवाग्राहीलाई सास्ती भएको छ । बिगत १५ दिनदेखि कार्यालय प्रमुख नहुदा सेवा ग्राहीहरु मर्कामा परेका हुन । कार्यालयका प्रमुख टोपेन्द्र केसीको बढुवा भई गत फागुन १० गते सामान्य प्रसासन मन्त्रालयमा गएको र उहाँको स्थानमा हालसम्म अर्को नआएका कारण सेवाग्राहीलाई समस्या परेको हो ।

तोक लगाउन मात्रै पनि २३ किलोमिटर दुरी पार गरेर जिल्ला प्रसासन कार्यालयमा आउने गरेको प्रसासनका बेदप्रसाद लुईटेलले थुप्रिएका राहधानीलाई एकमुष्ट गरी जिल्ला प्रसासन कार्यालयबाट तोक लगाएर ल्याउने गरेको बताउनुभयो ।।