बाँके, ५ चैत । छिमकी देश भारतमा कोरोनाको संक्रमणबाट तीन जनाको मृत्यु भएपछि कोरोना भित्रिन नदिन नेपालगञ्जस्थित जमुनाहमा सवारीसाधन आवागमन बन्द गरिएको छ ।
दुवै देशमा प्रवेश गर्ने ठूला मालवाहक सवारी साधन बाहेक सर्वसाधारणसंग सम्बन्धित सबै सवारी साधनको आवागमनमा रोक लगाइएको छ ।
सवारीसाधन सञ्चालनमा रोक लगाएपछि मानिसको आवागमन कम भएको र भारतबाट आउनेहरुको स्वास्थ्य परीक्षणमा सहजता भएको छ । बुधवार बिहानैदेखि टेन्ट लगाएर स्वास्थ्यकर्मीहरुले नाकामा प्रवेश गर्ने हरेक नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गरिरहेका छन् ।