काठमाडौं, १ चैत । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो । बिहीबारसम्म ४२९ रहेको मा बढेर सो सङ्ख्या नाघेको हो ।
भारतमा नौ राज्यका विद्यालय बन्द
त्यसैगरी भारतमा बढदो कोरोना भाइरसको संक्रमणले नौ राज्यमा शैक्षिक संस्थान एवम् सार्वजनिक कार्यक्रम बन्द गरिएको छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८१ पुगेको छ । एकजनाको मृत्यु भएको छ ।
भारतको हरियाणा, जम्मु, मध्य प्रदेश, श्रीनगर, केरल, कर्नाटका, उत्तर प्रदेश, दिल्ली, बिहार राज्यमा विद्यालय, विश्वविद्यालय तथा सिनेमा हल बन्द गर्ने निर्णय राज्य सरकारले लिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार संक्रमणको पुष्टि भएको यी राज्यमा ३१ मार्चसम्मका लागि पठनपाठन बन्द गरिएको छ । एजेन्सी