Indrenionline.com

अस्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

अस्ट्रेलिया, २५ फागुन । अस्ट्रेलियामा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसबाट संक्रमित देखिएको छ ।

अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले २० वर्षका विद्यार्थी संक्रमित भएको बताएकाछन्। उनको आइसोलेसनमा राखेर उपचार भइरहेको बतायएको छ । उनी दुई साताअघि नेपालबाट बिदा मनाएर अस्ट्रेलिया फर्किएको बताइएको छ ।