काठमाडौँ, २५ फागुन । गृह मन्त्रालयले फागुपूर्णिमा तथा होली पर्वको अवसरमा भेला हुने, भीडभाड गर्ने, लोलापानी हान्ने, शरीरमा रंङ र अबिर दल्ने कार्य बन्द गर्न अनुरोध गरेको छ ।
गृह प्रवक्ता केदारनाथ शर्माले संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन आमनागरिकले ब्यक्तिगत स्वास्थ्य सतर्कता अपनाउन अनिवार्य भएकाले होली पर्वमा भिडभाड, पानी खेल्ने र रङ छयाप्ने कार्य नगर्न आग्रह गरेको हो ।