काठमाडौं, २३ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यासमा अभाव नहुने भन्दै लाइन नबस्न आग्रह गरेका छन् ।
नेपालमा अत्यावश्यक कुनै पनि वस्तु अभाव नहुने र अतिआवश्यकीय वस्तु मौज्दात रहेको उनले बताए । पत्रकार सम्मेलनमा मन्त्री भटटले मास्क र ह्याण्ड सेनिटाइजरमा देखिएको अभाव तथा महंगाई हटाउन त्यस्ता वस्तुलाई केही भन्सार छुट गराउने प्रयास भइरहेको जानकारी दिए ।