काठमाडौं, २२ फागुन । कोरोना भाइरसबाट बच्न र सावधानी अपनाउन तीनवटै सुरक्षा निकाय ९नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बल० ले मातहतका निकायलाई अलर्ट गरेको छ।
श्रेष्ठले भने, ‘छिमेकी दुई मुलुकमा कोरोनाको संक्रमण बढ्दो छ। हामीले सीमामा खटिएकालाई विशेष सर्तक रहन र आवश्यक स्थानमा हेल्थ डेक्स राखेर स्वास्थ्य जाँच गर्न भनेका छौं।’ भारतले नाकामा कडाइ गरेसँगै सीमा रहेका सशस्त्रले भारतीय एसएसबीको सहकार्यमा सीमामा कडाइ गरेको छ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले ड्यूटीमा खटिएका प्रहरीलाई माक्स लगाउने र सकभर हात नमिलाउन निर्देशन दिएको बताए। उनले भने, ‘कार्यक्षेत्रमा धेरै खटिने प्रहरी नै हो। हामीले कोरोनाबारे सावधानी अपनाउन र सरसफाइमा ध्यान दिन परिपत्रै गरेका छौं।’ कोरोनाकै कारण फागुन २३ देखि २४ गतेसम्म धनगढीमा हुन लागेको सुदूरपश्चिम प्रदेशको सुरक्षा गोष्ठीसमेत स्थगित गरिएको जानकारी क्षेत्रीले दिए।
कोरोनाबारे सर्वसाधारणमा समेत सचेतना अभिवृद्धि गर्ने तयारी मुख्यालयले गरेको छ। ट्राफिक प्रहरीले पनि मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने चालकको मुख सुँघेर जाँच नगर्ने भएको छ। श्वासप्रश्वासकै कारण छिटो संक्रमण हुने कोरोनाको जोखिममाथि सावधानी अपनाउन अब अत्यावश्यक समयमा मात्रै मापसे जाँच गर्ने जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले दिए। नेपाली सेनाले भने कोरोनाबाट बच्न सरसफाइमा ध्यान दिन पत्राचार गरेको छ। उसले आगामी कार्यक्रमसमेत स्थगित गरेको छ। अन्नपूर्ण पोष्टबाट