Indrenionline.com

बन्ने भए बामदेब गौतमलाई राष्ट्रियसभा सदस्य

काठमडौं, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन लागिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।