इन्द्रेणी संवाददाता
दाङ २५ असार । महिला तथा बालबालिका कार्यालय दाङको आयोजनामा पहाडि गाविस काभ्रे, स्युजा र लोहारपानीका २२ जना अपांगता भएकाहरुलाई परिचय पत्र प्रदान गरिएको छ । काभ्रेको जुम्लेपानीमा शिबिरको आयोजना गरि विभिन्न चार रंगका २२ जनालाई परिचय पत्र वितरण गरिएको हो । शिविरबाट रातो परिचय पत्र ५, निलो ६, पहेलो ४ र सेतो ७ वटा परिचय पत्र बितरण गरिएको छ । जस्मा ७ जना पुरुष, ६ महिला, ३ बालिका र ६ बालकले गाउँबाटै अपांगता परिचय पत्र पाएका छन् ।
स्वस्थ्य जाचमा शारिरीक अपाङता भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था हेरेर तिनीहरुलाई आउँदो साउन महिनामा साहायक सामाग्री वितरण गरिने निर्णय समेत गरीएको छ । स्वास्थ्य जाच भोली सम्म संचालन हूने राप्ती बहिरा संघकी निर्देशक प्रतिमा शर्माले जानकारी दिईन् । कार्यक्रमको सहजिकरण राप्ती बहिरा संघका सामाजिक अभियन्ता देवा डाँगीले गरेकी थिईन् ।