Indrenionline.com

बझाङमा जिप दुर्घटना, गाउँपालिका उपाध्यक्ष सहित १० जना घाइते

बझाङ, ८ फागुन । जिल्लामा आज भएको जिप दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये २ जनको अवस्था गम्भीर हरको प्रहरीले जनाएको छ । खप्तड छान्ना गाउँपालिका १ पौवागडीबाट सोही गाउँपालिकाको गडराय जादै गरेको सुपप्र ०१००१ ज १२२० नम्बरको विद्यार्थी बोकेको जिप दुर्घटना हुदाँ खप्तड छान्ना गाउँपालिका उपाध्यक्ष पाउसरा थापा सहित १० जना घाइते भएका हुन्।

गाउँपालिकाले महेश्वरी मावि गडरायमा आयोजना गरेको गाउँपालिका स्तरिय अध्यक्ष कप तथा राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद कार्यक्रममा सहभागी हुन गएका विद्यार्थी सहित शिक्षक बोकेर गएको महेन्द्राको बोलेरो जिप सोही गाउँपालिका ७ बिडा नजिकै सिमको मोडमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गाउँपालिका २ का गाउँपालिका उपाध्यक्ष पाउसरा थापा, सोही गाउँपालिका १ का बर्ष २१ अर्जुन खत्री, बर्ष २१ का लक्ष्मण खत्री,बर्ष १८का रबिन्द्र जोशी बर्ष १८का सुमन सार्की, बर्ष १५का सुमन बिक बर्ष १४ का बिनोद बिक बर्ष २०का रुपा उपाध्याय, बर्ष ४२का देबी भक्त जोशी र सोही गाउँपालिका ३ का शिक्षक नरेन्द्र उपाध्याय रहेको प्रहरीले जनाएको छ ।