बनेपा, ४ फागुन। सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले नियन्त्रणमा दिएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट उनलाई नियन्त्रणमा लिएको हो ।