काठमाडौं, २४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेसँगै सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता भएका सबैको सम्पत्ति छानबिन गर्न प्रक्रिया अगाडि बढाएको छ । सम्पत्ति शुद्धीकरण विभागका अनुसार भ्रष्टाचार मुद्दा दर्ता भएकाहरूको सम्पत्ति छानबिन थालिएको हो ।
पूर्वसचिवहरू छविराज पन्त र दिनेशहरि अधिकारी, सरकारी जग्गा व्यक्तिका नाममा लैजान मुख्य भूमिका खेल्ने व्यापारी मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामकुमार सुवेदीको सम्पत्ति पनि छानबिन हुने भएको छ राजधानीमा खबर छ।