सल्यान, २१ माघ । प्रहरी कार्यालय सल्यानले जिल्लाभर सचेतनामुलक प्रर्चा पम्पलेट टाँस्ने अभियान चलाइएको छ । स्थानीय तहहरुको सहयोगमा घरघरमा प्रर्चा पम्पलेट टांस्ने अभियान चलाइरहेको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिमबहादुर सेन, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले कपुरकोटमा सचेतनामुलक प्रर्चा पम्पलेट टाँस्दै अभियानको सुरुवात गरेका हुन् । प्रर्चा पम्पलेटमा व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै गर्नुपर्ने देखि वाल विवाह न्यूनिकरण सम्बन्धी सचेतनामुलक नाराहरु राखिएको छ ।