Indrenionline.com

ग्यासको मूल्य बढ्यो, तेलको घट्योे

काठमाडौं, २१। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा विक्री मूल्य घटाएको छ । निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।

निगमका अनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ बाट घटाएर ११० कायम गरिएको छ । साथै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०० बाट घटाएर ९९ रुपैयाँ कायम गरिएको छ ।

निगमले एलपी ग्यासको मूल्य भने सिलिन्डरमा २५ रुपैयाँ बढाएको छ । निगमले एलपी ग्यासको मूल्य १ हजार ३५० बाट बढाएर १ हजार ३७५ पुर्‍याएको हो । यद्यपि हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।