सल्यान, २० माघ । किसानका लागि बेमौसमी तरकारी खेतीदेखि सुन्तला खेती प्रविधिसम्मको तालिम कपुरकोटमा सुरु भएको छ । कपुरकोट गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सोमबारदेखि विभिन्न कृषक समूहका ३० जना सहभागीलाई तालिम सुरु गरिएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले प्राप्त ज्ञान, सिपलाई उपयोग गरेर आफ्नै खेतबारीमा परिश्रम पोख्ने हो भने मनग्य आम्दानी गर्न सकिने बताए । तालिममा टनेल भित्र गोलभेडा खेती, लहरे वाली खेती, सुन्तला खेती, वाली उप्रान्त पोष्ट हार्वेष्ट, माटो सम्बन्धी, कम्पोष्ट मल उत्पादन र मलखाद व्यवस्थापन सम्बन्धी जानकारी दिइने छ ।