काठमाडौं, १९ माघ । सत्तारुढ नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत रूपमा सदस्यहरूले उठाएका प्रश्नको आइतबार नेतृत्वले जवाफ दिने भएको छ । सबै १५ समूहमा भएको छलफलपछि समूह नेताले रिपोर्टिङ गरेका थिए । शुक्रबार चार र शनिबार ११ समूहको रिपोर्टिङ भएको हो । प्रदेश र समन्वय कमिटीका २५ जनाले पनि बैठकमा रिपोर्टिङ गरेका छन् ।
जवाफ अध्यक्षद्वय केपी ओली र प्रचण्ड दुवैले गर्ने या प्रचण्डले मात्रै जवाफ दिने भन्ने तय भएको छैन । यो निर्णय पनि सचिवाय बैठकले नै गर्नेछ । नयाँ पत्रिकाबाट