Indrenionline.com

महोत्सवमा शर्माको धमाका,भोलि ज्योती आउने

इन्द्रेणी संवाददाता

दाङ चेम्बर अफ कमर्सले दाङको घोराहीमा आयोजना गरेको नेपाली लोक गीत क्षेत्रका हस्ती चन्द्र शर्माको बेजोड प्रस्तुतिले दर्शकहरु झुमेका छन ।

गत माघ १० देखि गते देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० मा लोकदोहोरी गाएक शर्मा लगायतका कलाकारले आफ्नो प्रस्तुति देखाएका थिएब।

पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ कोमा रौनकता थप्न बुधबार चर्चिच गायिका तथा मोडल ज्योती मगर आउने भएकी छन् ।

बुुुधबार महोोत्सवमा  ज्योतिले नृत्य सहित लोकदोहोरी र अन्य थुप्रै प्रस्तुति देखाउने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । बुधवार ज्योति सहित चन्द्र शर्मा, विजय पुन, कमल नारायणी डान्स गु्रप, गोमा रिजाल, पुजा नेपाली लगायतका कलाकाहरु आउने छन् । बुधवार लोकदोहोरी प्रतियोगिता सहित अन्य थुप्रै स्थानीय कलाकारहरुले प्रस्तुती देखाउने छन् ।