काठमाडौं, ११ माघ । छिमेकी मुलुक चीनको हुबेई प्रान्तको राजधानी सहर उहानबाट फैलिएको जटिल कोरोना भाइरस नेपाललगायत विश्वभर फैलिन थालेको छ ।
चीनको उहान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका लागि डब्लूएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको हो ।
यस्तै, चीनबाट भर्खरै फर्किएका अर्का एक जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उच्च निगरानीमा राखिएकाले उनलाई पनि कोरोना भाइरस भएको हुन सक्ने आशंका गरिएको छ । उनको पनि रगत परीक्षणको नमुना आज शनिबार नै हङकङ पठाउने तयारी गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।
कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २६ जनाको मृत्यु भएको छ । जसमध्ये चमेरोको मासु खाएर १३ जना, चाइनिज कोब्राको मासु खाएर नौ जना र मानिसबाट मानिसमा सरेर चार जनाको मृत्यु भएको उहान प्रान्तमा रहेका छाङ्सा युनिभर्सिटी मेडिकल कलेजका अन्तर्राष्ट्रिय कोर्डिनेटर तथा सल्लाहकार डा। रमेश आचार्यले जानकारी दिए आजको राजधानीमा खबर छ।
हालसम्म ९ सय १३ जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । जसअन्तर्गत नेपालमा एक जना, थाइल्यान्डमा पाँच जना, दक्षिण कोरियामा दुई जना, जापानमा दुई जना, अस्ट्रेलियामा दुई जना, हङकङमा चार जना नागरिकलाई कोरोना भाइरस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, मकाउका दुई जना, अमेरिकाका एक जना, भियतनाममा दुई जनामा कोरोना भाइरस भएको पाइएको छ ।
लक्षणहरू
– चारदेखि सात दिनसम्म नाकबाट रुघाजस्तो पानी बग्ने
– १०औं दिनदेखि १६औं दिनसम्म १०४ डिग्रीको उच्च
ज्वरो आउने
– एक सातापछि रातिको समयमा सुख्खा खोकी लाग्ने
– श्वासप्रश्वासमा अप्ठ्यारो हुने
– १३औं दिनदेखि टाउको
दुख्न थाल्ने
– एक्सरे गर्दा भाइरल
निमोनिया देखिने
– १३ देखि १५ दिनसम्म लिम्फोसाइट्स र डब्लूबीसीको लेभल घट्ने
– भाइरल निमोनियाका कारण मृत्यु हुन सक्ने
बच्ने उपाय
– सजिर्कल मास्क प्रयोग गर्ने
– प्रशस्त मात्रामा झोलिलो
पदार्थ पिउने
– रुघाखोकी लाग्दा टिस्यु पेपर वा सफा कपडाले नाक छोप्ने
– बंगुर, कुकुर, बिरालो, सर्प, घोडा, चमेरोबाट टाढा रहने
– भीडभाडमा नबस्ने
– खाना खानुअघि, खाना खाइसकेपछि वा अन्य समयमा १० देखि १५ पटकसम्म साबुन पानीले
हात धुने
– बिरामी मानिसको सम्पर्कमा नआउने