काठमाडौं, ७ माघ । ‘मेरो के गल्ती छरु एक जनाको दोषको म किन भागीदार बन्ने ? एक जना चारित्रिक अपराधमा जेल जाने, मलाई सजाय हुने ? मैले उपसभामुख छाड्नुपर्ने कारण के हो ? पार्टीले लिखित देओस्।’
उनी अन्तिमसम्म पनि प्रतिनिधिसभालाई नेतृत्वविहीन अवस्थामा छाड्न पदीय जिम्मेवारीले नदिने अडानमा रहिन्। उनले अन्ततः सोमबार उपसभामुख पदबाट राजीनामा दिएकी छन्। आफूलाई उपसभामुखमा निर्वाचित गराउने पार्टी नेकपालाई सभामुखमा उम्मेदवारी दिन उनले संवैधानिक रूपमै बाटो खोलिदिइन्। पार्टीले उम्मेदवार घोषणा नगर्दासम्म राजीनामा नदिने सर्त तेस्र्याएकी उनले आफ्नो अडान त जितिन् तर पदीय हैसियत जोगाउन सकिनन्।
४ पुसमा सुरु संसद्को हिउँदे अधिवेशन यो अवधिमा तीनपटक सूचना टाँस गर्दै स्थगन भयो। तर, उनले नेकपाले सभामुख उम्मेदवार चयन नगर्दासम्म राजीनामा नदिने अडानमा जितिरहिन्। संसदमा पनि उनले बैठकै राखेर आफूले राखेको अडानको बचाउ गरिन्। त्यसपछि मात्र पदबाट राजीनामा दिइन्। प्रतिनिधिसभाको पहिलो बैठकमा सोमबार उनले दुई पृष्ठको लिखित मन्तव्य दिइन्। त्यसपछि बैठक दुई घण्टा स्थगन गरी बानेश्वरस्थित आफ्नै कार्यकक्षमा संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई बोलाई पदबाट राजीनामा दिइन्। अन्नपूर्ण पोष्टबाट