रूपन्देही, ५ माघ। प्रदेश नं। ५ को हिउँदे अधिवेशन आजदेखि शुरू हुुँदैछ । चार महीनापछि शुुरू हुुन लागेको अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामकरण टुुङ्गो लगाउनुुपर्ने दबाब छ ।
सत्तारूढ दलको दुई तिहाई बहुमत भए पनि प्रदेशसभा शुरू भएको दुुई वर्ष पुुगिसक्दा समेत नाम र राजधानी तोक्न चासो नदिएको भन्दै मुख्यमन्त्री शंकर पोेखरेलको चौतर्फी आलोचना खेप्नु परिरहेको छ ।
