Indrenionline.com

वेपता र सत्य निरुपण आयोगमा पदाधिकारी सिफारिस

काठमाडौँ, ४ माघ । बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्टलाई सिफारिस गरेको छ ।

नेपाल ल क्याम्पसमा अध्यापनरत उनलाई शनिवार समितिले अध्यक्षमा सिफारिस गरेको हो । त्यस्तै सदस्यमा प्रचण्डमान श्रेष्ठ, गोबिन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको छ ।

त्यसैगरी वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम समितिले सिफारिस गरेको छ । सदस्यमा बिष्णु भण्डारी, सुनिलरञ्जन सिंह, गंगाधर अधिकारी र सरिता थापामगर रहेका छन् ।