काठमाडौँ, ३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकापा) का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख निर्वाचनलगायत विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच सभामुख चयनका विषयमा जारी गतिरोधलाई चाँडै निकास दिने सहमति भएको सचिवालयले जनाएको छ । सभामुख चयनका विषयमा अध्यक्षद्वय ओली र प्रचण्डबीच आ–आफ्नै अडान हुँदा संसद्को बैठक अवरुद्ध भएको हो ।
नेकपाले सभामुखको विषय टुङ्गो नलगाएका कारण संसद्को बैठक तीनपटक सूचना टाँसेर सारिएको छ । पुस ११, १६ र २७ गते बोलाएको बैठक सभामुखका कारण सर्दै आइरहेको छ । माघ ६ गतेका लागि संसद् अधिवेशन बोलाइएको छ । गोरखापत्रबाट