काठमाण्डौ, २ माघ । आज विहानै देखि देशका विभिन्न ठाउँमा वर्षात भइरहेको छ भने उच्च हिमाली भेगमा हिउँ पर्ने सम्भावना बढेकोे छ । देशका मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसमविद्ले बताएका छन् ।
शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसम पूर्वाअनुमान शाखाले जनाएको छ ।