रूकुम, २९ पुस । पर्यटन वर्ष २०२० शुरु भइरहदा रूकुम पश्चिमको सदरमुकाम मुसीकोट खंलगामा रहेको पर्यटन सूचना केन्द्र करीब ४ वर्षदेखि बन्द रहेको छ ।
बालमन्दिर हलमा रहेका कार्यालयले भाडा नै तिर्न नसकेपछि सूचना केन्द्र बन्द भएको खड्काले बताए । २०७१ मा स्थापना भएको केन्द्र २०७२ चैतसम्म सञ्चालन भएको थियो । भ्रमण वर्षमा समेत सूचना केन्द्र सञ्चालन हुन नसक्दा पर्यटकलाई समस्या परेको स्थानीयको भनाइ छ ।
