बेनी, २८ पुस । सरकारले प्रतिबन्धित गरेको नेत्रविक्रम चन्द विप्लव समूहका म्याग्दी जिल्ला सेक्रेटरी रेशम सापकोटा हतियारसहित पक्राउ परेका छन् ।
सापकोटाको घरमा खानतलासी गर्दा ३०३ भि ८९४० नम्बरको राइफल १ नाल, सोको सात राउण्ड म्याग्जीनमा भरिएको गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
