रोल्पा, २८ पुस । सरकारद्वारा प्रतिबन्धित नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा बिप्लब समूहको भातृ संगठन दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य भिमबहादुर बिश्वकर्माले पार्टी परित्यागको घोषणा गरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं १२ बेलभार दाङ बस्ने बिश्कर्मालाई पक्राउ गरी दाङबाट गत असार ८ गते रोल्पा ल्याइएको थियो । बिश्वकर्मालाई जिल्ला प्रशासन कार्यालय मार्फत सार्वजनिक शान्ति विरुद्धको कसुर अर्न्तरगतको मुद्दा दायर भई साउन ३ गते जिल्ला प्रशासनले ५० हजार रुपैया धरौटी तोकेको थियो तर उनले धरौटी तिर्न नसक्दा सोही दिन जिल्ला कारागार रोल्पा चलान भएका थिए ।
प्रहरी,प्रशासन को समन्वयमा हिजो बिश्वकर्माले धरौटी रकम तिरि प्रेश बिज्ञप्ती जारी गरि पार्टी समेत परित्याग गरेका हुन् ।