काठमाडौं, २७ पुस । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने चेतावनी दिएकी छन्। सत्तासीन नेकपाले राजीनामा मागेपछि ‘पार्टीको निर्णयबारे आफूलाई जानकारी नभएको’ भन्दै उपसभामुखबाट राजीनामा नदिने तुम्बाहाङफेले बताएकी हुन्।
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान छ। यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेपछि कृष्णबहादुर महराले राजीनामा दिएका कारण सभामुख पद रिक्त छ आजको अन्नपूर्ण पोष्टमा खबर छ।