काठमाडौं, २३ पुस । सत्तारूढ नेकपाले प्रदेश ३ को राजधानी जसरी पनि हेटौडा कायम राख्न पार्टी नेताहरूलाई पुनः निर्देशन दिएको छ।
पार्टी नेतृत्वसँगको छलफलमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, प्रदेशसभा संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल र सामाजिक विकासमन्त्री युवराज दुलाल, दलका प्रमुख सेचतक रामेश्वर फुयाल, पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेशका सांसदहरू पशुपति चौलागार्इं, राजेन्द्र पाण्डेलगायत थिए आजको अन्नपूर्ण पोष्टमा खबर छ ।