कैलाली, २२ पुस । कैलाली सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी १ लाख ६० हजार घुससहित पक्राउ परेका छन् ।
उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको विषयमा नियन्त्रणमा लिएको जेसिभी र ट्याक्टर छोड्न भनी सेवाग्राहीबाट उनीहरुले घुस लिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालले जानकारी दिए ।
घुस लिएको अवस्थामा सिद्धनाथ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयबाट उक्त रकमसहित दुबैजनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको उनले बताए अन्नपूर्णमा खबर छ ।