सल्यान, २५ असार
सल्यानमा पूर्ण खोप युक्त गाबिस घोषणा अभियान शुरु भएको छ ।
दमाचौर गाबिसलाई पूर्ण खोप युक्त गाबिस घोषणा कार्यक्रमको तयारी पुरा भएको दमाचौर स्वास्थ्य केन्द्रका प्रमुख चित्र बहादुर वलीले बताउनु भयो । यसैबिच असार २९ गते धनबाङ गाबिसलाई पनि जिल्लाको दोस्रो गाबिसको रुपमा पूर्ण खोप युक्त गाबिस घोषणा गर्न लागिएको छ ।।