काठमाडौं, १८ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा चुनावका लागि उम्मेदवारको नाम टुगों लगाएको छ । आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको नाम टुगों लगाएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
त्यसैगरी प्रदेश ३ मा महिलाबाट गंगा बेलबासे र अन्यमा बेदुराम भुसाल, गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपानेलाई छानेको छ ।
त्यस्तै प्रदेश ५ मा महिलाबाट विमला घिमिरे अपाङ तथा अल्पसंख्यकबाट जकप्रसाद शर्मा अन्यबाट गोपाल भट्टराई र प्रदेश ६ मा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदुरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्टको नाम टुंगो लगाएको हो । चुनाव माघ ९ मा हुन लागेको छ ।