रुकुम, १२ पुस । मुसीकोट नगरपालिका–१ स्थित राजापानी आधारभूत विद्यालयका विद्यार्थीबीच बाख्रा पैंचो कार्यक्रम लोकप्रिय भएको छ । यस पटक कक्षा २ का सन्दीप रोका, ३ का पुरुषोत्तम देवकोटा, ४ की भावना वादी र ५ की विमला खत्री गरी चार जनालाई बाख्रा वितरण गरिएको हो । उनीहरू कक्षा १, २, ३ र ४ मा पहिलो भएकाले इनामस्वरूप बाख्रा पैंचो दिइएको हो ।
शिक्षाका लागि आयआर्जन कार्यक्रमअन्तर्गत विद्यालयले बाख्रा पैंचो कार्यक्रम शुरू गरेको थियो । आर्थिक अभावमा १ देखि ५ कक्षाको पढाइसमेत प्रभावित हुने भएपछि कार्यक्रम शुरू गरिएको प्रधानाध्यापक डण्डबहादुर खड्काले जानकारी दिए । उनका अनुसार बाख्रा पैंचो कार्यक्रमले विद्यार्थीको संख्या बढाउन तथा विद्यार्थीलाई नियमित पठनपाठनमा संलग्न हुन सहयोग पुगेको छ अभियानमा खबर छ।