Indrenionline.com

खसी पालनबाट मनग्य आम्दानी

सल्यान, ११ पुस । बाख्रा पालनसंगै खसीको ब्यापारबाट सल्यानमा एक किसानले मनग्य आम्दानी गर्ने गरेका छन् । सल्यान रीमका ५० वर्षिय नन्दराम खत्रीले २२ वर्ष अघिदेखि खसीको ब्यापार गरिरहेका छन् ।

खसीको ब्यापारबाट नन्दरामले एक वर्षमा ९ लाख रुपैयाँसम्म चोखो नाफा गर्ने गरेका छन् । ‘यो वर्ष पनी राम्रो भइरहेको छ,’ उनले भने, ‘गएको वर्ष ९८ लाख सम्मको कारोबार भयो, ९ लाख रुपैयाँ वचत गर्न सफल भएको थिएं ।’

खसी खरिद तथा विक्रीको ब्यापारबाट भएको आम्दानीबाट नन्दरामले केही जमिन समेत गरिद गरेका छन् । साथै छोरो अष्ट्रेलिया गएको र छोरीलाई जिल्ला वाहिर राम्रो स्कुलमा पढाइरहेको उनले बताए । ‘यो सबै सम्भव खसि ब्यापार र बाख्रा पालनबाटै भएको हो । छोराछोरीको भविष्य उज्वल बनाउने कोसिसमा छु,’ उनले भने ।