Indrenionline.com

नारायणीमा मिनी पानीजहाजको सफल परीक्षण

चितवन, ७ पुस । नारायणी नदीमा मिनी पानीजहाजको सफल परीक्षण गरिएको छ । चितवनमा बनिरहेको मिनी पानीजहाज (क्रुज सिप) को आज सफल परीक्षण गरिएको हो ।

नारायणी नदी किनारमा पर्ने काभ्रेघाटमा बनिरहेको ‘क्रुज सिप’लाई नदीमा चलाएर परीक्षण गरिएको हो । भरतपुर महानगरपालिका १६ को ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा लामो समय लगाएर बनाइएको ‘मिनी पानीजहाज’को आइतबार दिउँसो गरिएको परीक्षण सफल भएको हो ।

क्रुज सिपमा अहिले विदेशी १५ जना चालक दलका सदस्य र प्राविधिक रहे पनि पछि नेपाली प्राविधिकहरुले नै यसलाई चलाउने योजना बनाइएको छ । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ ।