Indrenionline.com

विप्लव अपहरणमा परेका गाउँपालिका अध्यक्ष ३३ घण्टापछि मुक्त

दैलेख, ७ पुस । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेका दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही ३३ घण्टा पछि अपहरणमुक्त भएका छन् । उनलाई कालिकोट बाट खटिएको सशत्र प्रहरी र नेपाल प्रहरीको सयुक्त सुरक्षाबलले कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका १ को छाती भन्ने स्थानबाट अपहरणमुक्त गरेको हो ।

उनलाई आतइतवार बिहाना शुभकालिका गाउँपालिका वडा १ मा छातीमा रहेको एक स्थानीयको घरमा खाना खाएको सुराकीको आधारमा नेपाल प्रहरी र सशत्रप्रहरी बलले सुरक्षा घेरा हालेर नियन्त्रणमा लिन खोजेपछि हवाई फाएर भए लगत्तै बिप्लव नेतृत्वको नेकपा माओबादी भागेपछि अपहरणमुक्त भएका हुन् ।

अध्यक्ष संगै गएकी अध्यक्षकी धर्मपत्नी इला मल्ल शाही कालिकोट जिल्ला र दैलेख जिल्लाको सिमानामा पर्ने भर्ते भन्ने जंगलमा बिहाना ९ बजे स्थानीयले फेला पारेका थिए । ठाटिकाँध गाउँपालिका वडा २ का वडा अध्यक्ष रुपलाल बिश्वकर्माका अनुसार अपहरण भएको भन्ने खवर पाए पछि स्थानीय र जनप्रतिनिधी सबै मिलेर खोज्दै जाँदा जंगलमा उनको धर्मपत्नी भेटिएपछि अरु टोली खोन्दै कालिकोट तर्फ गएको गएको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले अध्यक्ष ज्युको उद्धारका लागि ३ जिल्लाबाट सुरक्षा टोली खटिए पछि उद्धार कार्य सफल भएको बताए । अध्यक्ष शाहीलाई शनिवार राती १२ बजे बिप्लव नेतृत्वको समूहले अपहरण गरेको थियो ।