सल्यान, ३ पुस । सबै किसिमका सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत उपलब्ध गराउन सल्यानको कपुरकोट गाउँपालिकाले ३ वटा बैंकसंग सम्झौता गरेको छ । ६ वटा वडाहरुको केन्द्रमै पुगेर बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको गाउँपालिकाले जनाएको छ ।
सम्झौता अनुसार मेगा बैंकले कपुरकोट गाउँपालिका वडा नम्बर ३, ४, ५ मा बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने छ । यस्तै कुमारि बैंकले वडा नम्बर ६ र ज्योती विकास बैंकले १ र २ नम्बर वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरि सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।
बैंकले सम्बन्धीत वडाको केन्द्रमा नै पुगेर लाभग्राहिको खाता संचालन गर्नेछन् भने हरेक चौमासिकमा सम्बन्धीत वडाको केन्द्रमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्नेछ ।