काठमाडौं, ३ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् ।
महिला र दलित कोटामा रहेको दुई सिटमा नेकपालाई र अन्य पुरुष, अपाङ्गता वा अल्पसंख्यक कोटामा रहेको दुई सिटमा राजपालाई दिने सहमति भएको हो ।
त्यसैगरी, दुई पार्टीबीच आगामी दिनमा पनि राष्ट्रिय राजनीतिका समसामयिक नियमित रुपमा छलफल र सहकार्यको प्रक्रियालाई अगाडि बढाउने सहमति भएको छ ।