काठमाडों, १ पुस । गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई अख्तियार दुरुपयोग अनुशन्धान आयोगले नियन्त्रणमा लिएको छ । सेवाग्राहीबाट घुस लिएको अभियोगमा उनीहरुलाई आज पक्राउ गरिएको हो ।
उनीहरुले काठमाडैं १ गुठी जग्गा गुठी कायम गर्ने विषयमा संस्थानमा चलिरहेको मुद्दामा घुस लिएको र पछि फिर्ता समेत गरेको भन्ने सम्बन्धमा प्राप्त सूचना तथा प्रमाणका आधारमा पक्राउ गरिएको बताइएको छ ।