Indrenionline.com

सहमतिको सरकार गठनका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच संवाद सुरु

काठमाडौं, २५ असार केन्द्र सरकार परिवर्तनको हल्ला चलिरहदा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच संवाद सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार साँझ प्रमुख दलका शिर्ष नेताहरुको बिचमा गम्भीर छलफल भएपनि बसाइ अर्थपूर्ण भने हुन सकेन।

;efd'v cf]g;/L 3tL{ du/sf] sfo{sIf l;+xb/af/df cfOtaf/ a;]sf] ;j{bnLo j}7sdf k|wfgdGqL s]kL zdf{ cf]nL, g]kfnL sfFu]|;sf ;efklt z]/axfb'/ b]pjf / g]skf Pdfcf]jfbLsf cWoIf k'iksdn bfxfn . tl:a/ M k|bLk/fh jGt, /f;;
तस्वीर रातोपाटी

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा नेता नारायणकाजी श्रेष्ठबीच करिब आधा घन्टा छलफल भयो । राष्ट्रिय सहमतिको सरकार गठन, संविधान कार्यान्वयन र शान्तिप्रक्रियाका बाँकी कामका विषयमा नेताहरूबीच सामान्य कुराकानी भएको स्रोतले बतायो ।

स्रोतका अनुसार दैनिक भेटघाट जस्तै सामान्य छलफल बाहेक अन्य कुनै त्यस्तो गम्भीर बिषयमा छलफल हुन सकेन। यद्धपी शान्तिप्रक्रियाका बाँकी कार्यभार पुरा गर्ने र संबिधान कार्यन्वयन गर्ने बिषयमा सामान्य छलफल भएको छ।